गरेर नित्य साधना    अगाडि बढ्नु पर्दछ

सहर्ष  कर्मले    सदा समग्र  दुख्ख हर्दछ

विशाल राख भावना पुगिन्छ शुभ्र टाकुरी

प्रभात  हुन्छ हे  युवा  बजार्नु पर्छ पाखुरी


सझाइ राख बोटयो  फुलेर  दिन्छ वासना

अभिन्न अङ्गझैँ गरी  अनन्त माेक्ष बागमा

हटाइ तुच्छ भावना उठाइ राख अञ्जली

बिचार स्वच्छता लिनू  यही हुनेछ मञ्जरी


सुरम्य लाग्छ फाँटयो  हराभरा छ  टाकुरा

वसन्त सन्त यामझैँ झुली रहन्छ  आँकुरा

सुचारुराख जिन्दगी अमूल्य रत्न फल्दछ

भलाइँ साेच देशकाे  हुनेछ नित्य झल्मल


विदेशबाट  जेसिकौं  लगाइ  दृष्टि गाेचर

स्वदेश भित्र केगरौँ   बिचार  राख हे नर 

भनेर  जागने  गरौं   लिएर  रम्य  औसर

अपार हुन्छ मान्यता  बचाइराख  सौरभ


स्वमातृ वन्दना गरौं बढाइ नित्य तिर्सना

प्रभाव हुन्छ लक्षकाे नवीन साेच सिर्जना

अगाडि लाग वीरहो बनाइ साेच लम्कने

पवित्र राख  भावना  प्रभा बनेर चम्कने

    शारदा कार्की

    विराटनगर