मान्छेसंग एउटा यस्ताे महा-दीर्घराेग छ,  जसले मान्छेकाे दृष्टिलाई चाैतर्फी रूपमा हेर्नै नदिइ एकतरफा रूपमा  एउटा कुना तिर सीमित पारिदिएकाे छ ।"                         


अर्थात् आशक्ति । आसक्ति एउटा यस्ताे दीर्घराेग हाे, जसले जस्ताे सुकै मानिसकाे मगजमा आक्रमण गर्दछ । उसकाे दृष्टिलाई दिग्भ्रमित पारिदिन्छ र एउटा कुनै कुराेमा लगेर जाेडि दिन्छ । फलस्वरुप ती मानिस त्याे कुराे बाहेक अन्त चियाउने

फुर्सद नै पाउँदैन । ती मानिसले याे बिर्सन्छ कि संसारमा त्यस भन्दा पनि अन्य कुराहरू पनि छन् । प्रकृतिमा आफू जस्तै अन्य कुराहरू पनि छन् जाे सहज र प्रकृति अनुकुल छन् । तर आसक्तलाई लाग्दछ कि उ जतिकाे अरू केही कुरा नै छैन, उ जे गर्छ, जे साेच्छ, जे बाेल्छ, त्यही ठीक लाग्छ उसलाई । चाहे 

कुनै ...वाद हाेस्,  चाहे ...पन्थ ।  राजनैतिक, सामाजिक, शैक्षिक, धार्मिक, दैहिक आदि । त्यस्ता राेगीहरू आफ्नाे धरातल बिर्सिसकेका हुन्छन् । 

कदाचित उसकाे उडान गगनचुम्बी हुन सक्छ तर आकाशमा दिगाे विश्राम-स्थल हुदैन  भन्ने कुरा आसक्तिलाई ज्ञात हुदैन । समय भन्दा बलवान् अर्काे काे छ र ? समयलाई उछिन्न खाेज्नेहरू कल्ले जितेकाे छ र यहाँ ? सपना सदा रहदैन, भङ्ग अवश्य हुन्छ । भन्ने कुराकाे ज्ञान नै हुदैन उसकाे । लामाे उडान उड्नेलाई पनि कुनै न कुनै दिन धरतीमा आउनै पर्छ ।  आसक्त हरूले यस्ताे कुरा पटक्कै बुझ्दैनन् । कदाचित जुनदिन जब भूँईमा पछारिन्छन् तब ढिलाे भइ सकेकाे हुन्छ , उ सम्हालिन पनि सक्दैन र केवल पछुताउँछन् । 


अत: मानिस सदा ब्यवहारिक हुनु पर्छ । ब्यवहारिक ज्ञान भन्दा ठूलाे कुनै वाद र सिद्धान्त हुदैन । ब्यवहारिक ज्ञानले मानिसलाई जस्ताे सुकै अवस्थामा पनि अचेत हुन दिदैन, विचलित हुन दिदैन। ब्यवहारिक ज्ञान भएकाे मानिस सदा सचेत हुन्छन् । सचेत मानिस जहिले पनि मनकाे सबल र परिस्थितिसंग लड्न सक्ने सामर्थ्य राख्दछ । उ सुख र दु:ख भन्दा टाढा हुन्छ, लाेभ लालच भन्दा टाढा हुन्छ र सदा सहज हुन्छ । आसक्तिहरूले सचेत ब्यक्तिलाई चिन्न र बुझ्न सक्दैन । आज संसारमा प्राय: आसक्तिहरूकाे बाहुल्यता छ । नतिजा, मानवले मानव विरुद्ध  अस्त्र उज्याइरहेछन् । प्रकृति विरुद्ध मगज खियाइरहेछन् । जसकाे एउटै मूल कारण हुन सक्छ,  मानिस महा-दीर्घ-राेगबाट ग्रसित हुनु । 

अब प्रश्न उठ्न सक्छ- यस राेगकाे निदान के ?

तब उत्तरमा अहिलेलाई यति भन्छु- 

यस महा-दीर्घ-राेगकाे निदान तपाईसंगै छ,  मानवसंगै छ । धन्यवाद !

तपाईकाे दिन शुभ रहाेस् ।

शिवनारायण पण्डित 

विराटनगर