रङ्गेली। (मोरङ), चैत ५ — रङ्गेली नगरपालिका–८ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालय, दरबेशामा पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा महिलाले नेतृत्व सम्हालेकी छन्।

आज बसेको बैठकले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिँदै मजन हेमरम हस्दा (मन्जु) लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

यसअघि अभिभावक भेलाबाट दुई पुरुष र दुई महिला सदस्य चयन गरिएको थियो। साथै, एक जना चन्दादाता र एक जना शिक्षा प्रेमीसमेत समावेश गरी समितिलाई पूर्णता दिइएको विद्यालयले जनाएको छ।

स्थानीय तहमा महिला नेतृत्वको सहभागिता बढ्दै जाँदा शैक्षिक संस्थामा समेत यसको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


IMG-20260319-WA0006IMG-20260319-WA0008