भारत। वाराणासीको दुध कुण्ड स्थित पोद्दार भवनमा प्रगति साहित्य मञ्च भारत र चारु साहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आयोजित तीन दिवसीय भारत नेपाल साहित्य एवम् संस्कृति मैत्री सम्मेलनमा सम्पन्न गरेको छ।नेपालबाट तीन दर्जन साहित्यकारको सक्रिय सहभागिता रहेको थियो। प्रगति साहित्य मञ्चका अध्यक्ष डा हरेन्द्र हर्षले संचालन गरेको कार्यक्रमको अध्यक्षको भूमिकामा बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा घनश्याम परिश्रमी र प्रमुख अतिथिको भूमिकामा चारु साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष डा देवी पन्थी रहेका थिए। प्रमुख अतिथिले दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा सरस्वती बन्दना , नेपाल र भारतका राष्ट्रिय गान, पुस्तक विमोचन र शुभकामना मन्तव्य राखिएका थिए। नेपाली चेलीहरू राधिका पन्थी,ममता मृदुल र सुजाता राइले नेपाली झण्डा बोकेर नेपाली गीतमा ( आँखैमा राख्छु मेरो देश )नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए।
कार्यक्रम प्रारम्भ हुनुपूर्व चारु साहित्य प्रतिष्ठानको तर्फबाट अक्षेता टीका लगाइदिएर नेपाली र भारतीय साहित्यकारलाई स्वागत सम्मान गरिएको थियो।
उद्घाटन पछि कार्यक्रमको पहिलो शत्रमा ममता मृदुलको नेतृत्वमा नेपाली हिन्दी लघुकथा शत्र संचालन गरिएको थियो । विनोद नेपाल अध्यक्ष रहेको कार्यक्रममा चारु साहित्य प्रतिष्ठानका सचिव खगेन्द्र भट्टराई प्रमुख अतिथि रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा डा शिवपाल शिव, र अतिथिमा इनु पौडेल र परमेश्वरी विष्ट रहेका थिए । यस कार्यक्रममा लघुकथा वाचन गर्नेहरूमा - ममता मृदुल, काठमाडौं, शारदा शर्मा ,विराटनगर, रामकुमार पण्डित क्षेत्री ,काठमाडौं, रमेन्द्र कोइराला, इनरुवा सुनसरी , विनोद कुमार नेपाल, काठमाडौं , सुमित्रा अर्याल, काठमाडौं, रोशन पराजुली, धरान सुनसरी ,रन्जु खनाल , काठमाडौं , शिव त्रिपाठी , पोखरा , कृष्ण मर्सानी , पोखरा र भारतीय लघुकथाकार रहेका थिए।
भोजन पश्चात् चारु र गजल कार्यक्रम भव्य रूपले संचालन गरिएको थियो। डा हरेन्द्र हर्ष अध्यक्ष र डा घनश्याम परिश्रमी प्रमुख अतिथि रहेको कार्यक्रमको संचालन डा देवी पन्थीले गरेका थिए । कार्यक्रममा नेपालको तर्फबाट चारु र गजल प्रस्तुत गर्नेहरूमा डा घनश्याम परिश्रमी, नवलपरासी, राधा न्यौपाने , नवलपरासी, देवी पन्थी, विराटनगर , राधिका पन्थी शर्मा , विराटनगर , मेघनाथ खनाल, दमक, श्रीमती उमादेवी खनाल, दमक, पोम रेग्मी, तेह्रथुम, लक्ष्मी भण्डारी, काठमाडौं , सुजाता राई, विराटनगर, खगेन्द्र भट्टराई , विराटनगर, टीका देवी , विराटनगर, इन्दिरादेवी खनाल , दमक, बिन्दु दाहाल मूकदर्शक, दमक, यादव झाँक्रीखोले ,दमक , वेदप्रसाद रिजाल , इलाम, तेज कुमारी खनाल, इलाम, चेतन अन्जान,इलाम, यज्ञलाल सुवेदी,बुटवल, सोमकला ,बुटवल,राजेन्द्र कुमार बज्राचार्य , काठमाडौं ,इनु पौडेल-काठमाडौं, काठमाडौं,परमेश्वरी विष्ट -काठमाडौंका साथै एकदर्जन भारतीय चारुकार एवम् गजलकारले रचना वाचन गरेका थिए।
कार्यक्रमको दोस्रो दिन बहुभाषिक कविगोष्ठीका साथै चारु, गजल , गीत प्रस्तुत गरिएका थिए। कार्यक्रममाको मध्यमा घनश्याम परिश्रमी ,देवी पन्थी, ममता मृदुल, यज्ञलाल सुवेदी , राजेन्द्रकुमार बज्राचार्य आदिलाई महावीर प्रसाद द्विवेदी हिन्दी विश्व विद्यालय एवं सोध संस्थान, रायबरेलीद्वारा मानार्थ विद्यावारिधि लगायत विविध शीर्षकमा सम्मान प्रदान गरिएको थियो । साहित्य सम्मेलनमा सहभागी सबैलाई प्रतीक चिन्ह र प्रशंसा सहित प्रमाणपत्र प्रदान गरिएको थियो।





















