खोटाङ ।खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ। केपिलासगढी गाउँपालिका–२ अन्तर्गत बालाबेसी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो।

काठमाडौंबाट बिरामी तथा शव बोकेर गाउँतर्फ गएको उक्त हेलिकोप्टर अवतरणकै क्रममा असन्तुलित भई दुर्घटनामा परेको एयर डाइनेस्टीले जनाएको छ। हेलिकोप्टरमा पाँच जना यात्रु सवार रहेका थिए।

दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेका छन्। घाइते व्यक्तिको खुट्टा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकि छन्।

उनका अनुसार घटनामा मानवीय क्षति भने नभएको पुष्टि भएको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायले घटनाको विस्तृत विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।