रोल्पा।रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो सुनिलस्मृति गाउँपालिका–७ तेवाङ भैसिपुरे मा चट्याङ लाग्दा २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार आफ्नै ढुंगा–माटोले बनेको टिनको दुईतले घरभित्र बसेको अवस्थामा चट्याङ लाग्दा उनको टाउको जलेर घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि स्थानीयवासी र प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको जनाइएको छ।




















