धनकुटा । तिब्र गतीमा चलेकाे हावाहुरीका कारण धनकुटामा दुई दर्जन बढि घर तथा कार्यालयमा भौतिकरूपमा क्षति पुगेको छ ।
साेमबार राति करिब ८ बजेदेखि एक घण्टासम्म चलेको हावाहुरीले हालसम्म मानवीय क्षति नभएपनि लाखौंको भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ । यसक्रममा धनकुटा नगरपालिक, पाख्रीबास नगरपालिकाको वडा नं ५ र ६ मा अत्यधिक घरमा क्षति पुगेको रेडक्रस नेपाल स्रोतले जनाएको छ । चौबिसे तथा सहिदभुमी गाउँपालिका क्षेत्रमा समेत एक दर्जन घरहरुमा क्षति पुगेको बताइएकाे छ ।




















