काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज बिहान निधन भएको छ । उनको ९७ वर्षको उमेरमा गठठाघरस्थित कोरियन अस्पतालमा निधन भएको प्रेस चौतारीका केन्द्रीय अध्यक्ष चेतन अधिकारीले जानकारी दिए ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ पार्टी स्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय मोहनप्रसादका दुई छोरा र तीन छोरी रहेका छन् ।




















