विराटनगर । इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने हल्लाले विराटनगरमा पनि प्रभाव पारेको छ ।
छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा ग्यासको संकट देखिन थालेको समाचार सार्वजनिक भएसंगै विराटनगरका उपभोक्तामा त्रास सिर्जना भएको हो ।
भारतबाट समयमा ग्यास ढुवानी नहुँदा बजारमा केही चाप देखिएको व्यवसायीहरूको दाबी छ । विराटनगर–११ पिछरास्थित कोशी ग्यासको बिक्री केन्द्रमा बिहीबार दिउँसो ११ बजे ग्यासको गाडी आइपुग्दा उपभोक्ताको भीड थामिनसक्नु देखिएको थियो । भीड नियन्त्रण गर्न सप्लायर्सका सञ्चालक वीरेन्द्र कार्कीले टोकन प्रणाली नै लागू गर्नुपर्यो । एक घन्टामा १५० वटा टोकन वितरण गरेको उनले बताए। आपूर्ति कम । दुई दिनअघि आएको ३०० सिलिन्डर एकैछिनमा सकियो । आज आएको १५० सिलिन्डर पनि एक घण्टामै रित्तियो ।उपभोक्त भन्छन् पहिलापनी ग्यासको अभावले दुख दियो त्यही डरले भएजती खाली सिलिन्डर भरेर राख्न लगेका हौं ,
नेपाल आयल निगमले भने अभाव नहुने जानकारी दिएका छन्।




















