विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा चुनावपछि सोमबार अस्पताल खुलेसँगै बिरामीको अत्याधिक भीड देखिएको छ। चुनाव अवधिमा चहलपहल कम रहेको अस्पतालमा एक्कासि सयौँ बिरामी उपचारका लागि पुगेपछि अस्पताल परिसरमा अत्यधिक भीड बढेको छ।
अस्पताल परिसरमा लाइनमा बसेका बिरामी तथा कुरुवाहरूले अस्पतालको सेवा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। डाक्टरको प्रतीक्षामा रहेकि निर्मला पौडेलका अनुसार बिहान ७ बजेदेखि नै बिरामीहरू पुर्जीको लाइनमा बसे पनि धेरैजसो डाक्टरहरू ११ बजेपछि मात्रै आउने गरेको रनाफ्ना चिनेजानेकालाई अगाडि लाने गुनासो गरिन् । गर्मीको समयमा अस्पतालभित्र अत्यधिक भीड हुँदा बिरामीहरूलाई थप समस्या हुने गरेको उनले बताइन् ।
औसधि विभाग पनि त्यस्तै लाइन लाग्नुपर्ने र महङ्गो औसधि बिमाम नपर्ने लाइन बस्दा बस्दा अन्तिममा त्यसै गर्किनु परेको गुनासो पोखेकी छन् ।
बिरामीले डाक्टरसँग भेट्न निकै कठिन हुने गरेको उनका अनुसार घण्टौँ लाइनमा बसे पनि डाक्टर समयमै नआउने र कहिलेकाहीँ निर्धारित समयभन्दा अघि नै बिरामीलाई छोडेर जाने जस्ता समस्या देखिने गरेका छन्। हाल कोशी अस्पतालमा ओपिडी भवन निर्माणाधीन अवस्थामा रहेको छ। अस्पताल प्रशासनले उक्त भवन निर्माण सम्पन्न भएपछि बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने दाबी गर्दै आएको छ। तर, तीन वर्षदेखि भवन निर्माण कार्य जारी रहे पनि अझै सम्पन्न हुन सकेको छैन।




















