स्थिर घन्टा मिनेट र सेकेन्ड सुइ
चुपचाप बसेको नचलेको समय
चलमलाउन नसकेको हृदय
सबै उस्तै लाग्छन् हिजोआज
बर्सौ बानाय अर्काको हातको घडी
अर्काकै घडी बनाइरहे
अर्काको घडी बनाउदा बनाउदै
पत्तै भएन ,आफ्नो घडीको ब्याट्री सकियको
तब महसुस गरे
जब घन्टा र मिनेटका सुइहरु स्थिर रहे
घडी भित्र सेकेन्ड सुइ नहुनूको पिडा
तब महसुस गरे ,जब कुनै आवाज थिएनन
बन्द छन् सुइ काटाहरु
बन्द छ घडी ,रोकियको छ
चलिरहेको समय
समय टक्क अडियको छ
हो, त्यतिबेला देखि नै
मैले देख्ने सपनाहरूमा पर्दा लागेका छन्
त्यहीँ त हो,
मेरो एक हृदय जवानी नाइ भन्दाभन्दै
तिम्रो अंगालोमा छोडेर आएको
मेरो मन भरीको संसार
आँखा बाट तिम्रो छातीमा पोखेर आयको
थाहा छैन मलाई
बन्द घडी फ़ेरि बनाउछु बनाउदिन
मेरो हातको बन्द समय खुल्छ कि खुल्दैन
थाहा छैन ,म हिडेको समय फर्कन्छ फर्कक्न्न
तर म ,मलाई पर्खने कोही छ भनेर फर्कन्छु ,
तिमि अझैसम्म त्यहीँ छौ भनेर फर्कन्छु ,
जहाँ मेरो जवानी बिसायकोछु ।
एक हृदय प्रेम छोडेर आयकोछु ।
मीना श्रेष्ठ




















