चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गर्दै झण्डै ४० हजार मतान्तरका साथ विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेल ले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पछि पार्दै स्पष्ट जित निकालेका हुन् ।
यसैगरी नेकपा एमालेका अस्मिन घिमिरे ले ६ हजार ९९२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ ले ४ हजार ९६९ मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको छ भने २ हजार ७९६ मत बदर भएको छ ।
लामिछाने यसअघि पनि यही क्षेत्रबाट लगातार दुईपटक विजयी भएका थिए । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र त्यसपछि भएको २०८० को उपनिर्वाचनमा पनि चितवन–२ बाट जित हात पारेका थिए । यस पटकको जितसँगै उनले सो क्षेत्रबाट तेस्रोपटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन् ।




















