धरान । सुरुवाती अग्रतामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् ।
उनले ५ हजार ३२५ मत प्राप्त गरिसकेका छन् ।
रास्वपाका गोमा तामाङले ४ हजार १४१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
तेस्रो स्थानमा रहेका नेकपाका सूर्य बहादुर भट्टराईले १ हजार १८४ मत प्राप्त गरेका छन् । कांग्रेसका सुजेन्द्र तामाङले ८१० तथा एमालेका टिकाराम लिम्बुले ७९३ मत प्राप्त गरेका छन् ।
सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।




















