विराटनगर । मोरङ क्षेत्र नम्बर–६ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छन् ।
हालसम्मको मतपरिणाम अनुसार आचार्यले ३२ हजार ५८८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ७ हजार १६८ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका विनोद ढकालले ४ हजार ८६१ र नेकपाका ओपेन्द्र रायले ११० मत प्राप्त गरेका छन् ।
मोरङ–६ को मतगणना भने अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शनिबार बिहान सम्ममा सकिने जानकारी दिएका छन्।




















