रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार दाहालले १० हजार २४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतको फराकिलो अन्तरले पछि पारेका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरे भने नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले ३ हजार ८१ मत पाएकी छन्।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल का अनुसार उक्त क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
रुकुम पूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो।




















