विराटनगर ।मोरङका प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतका ६ वटै निर्वाचन क्षेत्रमा दिउँसो साढे ३ बजेसम्म करिब ५५ प्रतिशत मतदान भएको छ। मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने भएकाले अन्तिम मतदान प्रतिशत ६० देखि ६५ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी आजैबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ। मतगणना अघि सर्वदलीय बैठक बसेर आवश्यक सहमति जुटाइने कार्यालयले जनाएको छ।
मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन्। तीमध्ये हालसम्म ४ लाख ३० हजारभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।




















