विराटनगर।दोलखाको एक मतदान केन्द्रमा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
तामाकोशी गाउँपालिका–४ स्थित मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
उनले घटना लगत्तै सुरक्षा व्यवस्था कडा पारिएको र मतदान प्रक्रियालाई प्रभावित हुन नदिन आवश्यक सतर्कता अपनाइएको बताएका छन् ।




















