विराटनगर। उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको सटगनबाट गोली पड्किँदा मतपेटिका क्षतिग्रस्त भएको छ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहीबार बिहान करिब ७ः१० बजे उक्त घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार प्रहरी जवान लड्दा भुइँमा झरेको सटगनबाट अचानक गोली पड्किएको थियो, जसका कारण मतपेटिकामा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार उक्त मतपेटिकामा त्यसबेला चार मत मात्रै खसेका थिए। असावधानीका कारण हतियार पड्किएको देखिएको भन्दै उनले तत्काल क्षतिग्रस्त मतपेटिका हटाएर नयाँ मतपेटिका राखी मतदानलाई निरन्तरता दिइएको बताए




















