विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत र चीनसंग सीमा जोडिएका कोशी प्रदेशका ६ नाका बन्द गरिएको छ । ति नाका गएरातिदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

कोशी प्रदेशस्थित सुरक्षा स्रोतका अनुसार झापाको काँकडभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भन्टावारी नाका पूर्णरूपमा बन्द गरिएका छन् । यी नाकाबाट दैनिक रूपमा हुने आवागमन तथा साना–ठूला व्यापारिक गतिविधि अस्थायी रूपमा प्रभावित भएका छन् ।

सुरक्षा संवेदनशीलता र मौन अवधिलाई मध्यनजर गर्दै प्रशासनले सीमामा कडाइ गरेको जनाएको छ । कोशी प्रदेशस्थित सुरक्षा स्रोतका अनुसार सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार मध्यरातसम्म नाका बन्द रहने छन् ।