विराटनगर। फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वर संगम संगीतालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै उल्लासपूर्वक मनाएको छ।
संस्थाका अध्यक्ष कुशेश्वर राई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोपाल निर्भीक रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा मात्रिका बराल, चन्द्रमणि गुरागाईं, डोमी कामत तथा भगवान झा को उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाकी सचिव महिमा शर्माले सञ्चालन गरे। कार्यक्रममा संस्थाका विद्यार्थी तथा पूर्वविद्यार्थीहरूले होलीका विभिन्न गीत प्रस्तुत गर्दै सांगीतिक वातावरणलाई रङ्गीन बनाएका थिए।
होली पर्वले आपसी सद्भाव, प्रेम र एकताको सन्देश दिने उल्लेख गर्दै वक्ताहरूले कला र संगीतमार्फत समाजलाई सकारात्मक ऊर्जा दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई अबिर लगाउँदै शुभकामना साटासाट गरेका थिए




















