काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईलाई पक्राउ गरेको हो ।
प्रसाईको पारिवारिक स्रोतका अनुसार बिहानैदेखि भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजे पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख गरिएको छ। उनले बारम्बार निर्वाचनविरुद्धमा अभिव्यक्ति दिएका थिए। उनले मुलुकमा निर्वाचनले निकास नदिने र निर्वाचन भए द्वन्द्वमा जाने बताएका थिए।
आइतबारदेखि नै बन्दको घोषणा पनि गरेका थिए।आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाइरहेका बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ।




















