विराटनगर।राष्ट्रिय स्वतन्त्र पार्टी का कोशी प्रदेश सदस्य ठगेन्द्रप्रसाद न्यौपानेले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। शुक्रबार राति एमाले प्रवेश गरेका न्यौपानेले आफूले देश र लोकतन्त्रको हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएका छन्।

विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान राजनीतिक परिस्थितिमा स्पष्ट राष्ट्रवादी दृष्टिकोण र संगठित संरचना भएको दल रोज्नु आवश्यक ठानेको बताए। देशलाई अस्थिरता र विनासतर्फ धकेल्ने शक्तिसँग बसिरहनु भन्दा राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र बोकेको दल रोज्नु उपयुक्त लागेर कदम बदलेको हो।

न्यौपानेका अनुसार एमालेको राष्ट्रवादी विचारधारा, संगठनात्मक मजबुती र स्वाभिमानी राजनीतिक अडानले आफूलाई आकर्षित गरेको हो। राष्ट्रियता, स्थिरता र विकासलाई केन्द्रमा राखेर राजनीति गर्ने दलसँग आबद्ध हुनु अहिलेको आवश्यकता हो, उनले बताए।उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गम्भीर असन्तुष्टि पनि व्यक्त गरे ।