विराटनगर । विराटनगर–२स्थित तीनपैनीमा रहेको श्री श्याम मन्दिरको आयोजनामा सातदिने धार्मिक अनुष्ठान सुरु भएको छ। मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको फागुन उत्सवअन्तर्गत पहिलो दिन साँझ आरती तथा भजन–कीर्तन कार्यक्रम सम्पन्न गरिएको हो।
उत्सवका अवसरमा चर्चित गायक पुरुषो शर्माको स्वरमा प्रस्तुत भजन–कीर्तनले उपस्थित भक्तजनलाई मन्त्रमुग्ध बनाएको थियो। मन्दिर परिसरमा ठूलो संख्यामा श्रद्धालुहरू भेला भई सामूहिक आरतीमा सहभागी भएका थिए।
व्यवस्थापन समितिका पदाधिकारीहरूका अनुसार सात दिनसम्म नियमित पूजा–अर्चना, प्रवचन, भजन–कीर्तन तथा विशेष धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। फागुन महिनालाई लक्षित गर्दै आयोजना गरिएको यस उत्सवले धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।भक्तजनको उपस्थिति सक्रिय सहभागिताले कार्यक्रममा उत्साह बढिरहेको आयोजकले जनाएको छ।यो शनिबार समाप्त हुने आयोजकले जानकारी दिएका छन् ।




















