विराटनगर।विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको आज दोस्रो दिन पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
स्कुल परिसरमा हिजोदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए।आज दोस्रो दिनको प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालीग्राम दाहाल रहेका थिए ।
कान्तिपुरका प्रिन्सिपल भुवन नेपालले विद्यालयले विज्ञान र प्रविधि शिक्षासँगै संस्कारलाई प्राथमिकता दिएकै अहिले कोशी प्रदेशको उत्कृष्ट स्कुल रहेको बताएका छन्। प्रिन्सिपल नेपालका अनुसार तीनदिने उत्सवको पहिलो दिन हिजो नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति देखाएका थिए ।अन्तिम दिन कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गर्दै वार्षिकोत्सवको समापन गरिने स्कुलले जानकारी दिएको छ ।
कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी र विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरीले शुभकामना मन्तव्य राख्दै कान्तिपुर स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए। विद्यार्थीहरूले आकर्षक नृत्य गायन विचार नाटक प्रस्तुत गरी अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।






















