विराटनगर ।मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम 

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई बिहीबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल र चालक मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।