विराटनगर। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने ‘साहित्य, सृजना र संवाद’ कार्यक्रमको ७४औं शृङ्खला सम्पन्न भएको छ।
कार्यक्रम संयोजक मधु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तुलसीनारायण अधिकारी तथा विशिष्ट अतिथि साहित्यकार गोवर्धन तामाङ रहेका थिए।
कार्यक्रममा स्रष्टाहरू भवानीप्रसाद पोखरेल, गोविन्द ढुंगाना, एकनाथ ढकाल, बाबुराम पोखरेल, कविता चापागाईं, चन्द्रकान्त भट्टराई, रोहिणी रसिक, अम्बिका खरेल, भीम कोइराला र गोपाल निर्भीक लगायतले आ–आफ्ना कविता तथा साहित्यिक सृजनाहरू वाचन गरे।
नगेन्द्रमणि ,विन्ध्या न्याैपाने सहभागी प्रत्साहन पुरस्कार गाेलाप्रथाबाट भवानीप्रसाद पाेखरेललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यप्रेमी तथा सहकारीकर्मीहरूको सहभागिता रहेको थियो।





















