विराटनगर। विराटनगरमा सामाजिक सुरक्षा कोषबारे वृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषसँग आबद्ध विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं परिसंघ कोशीका संस्थापक अध्यक्ष भीम घिमिरे, परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, सामाजिक सुरक्षा कोषका केन्द्रीय कार्यकारी प्रमुख कृष्ण अधिकारी र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका शम्भु साहले सामाजिक सुरक्षा कोषमा उल्लेख गरिएको ऐनलाई हुबहु लागु गर्न उद्योगी, व्यवसायीलाई सुझाव दिएका छन् ।
सामाजिक सुरक्षा कोष विराटनगर शाखाका प्रमुख दीपक भट्टले सामाजिक सुरक्षा कोष र श्रम ऐन बारे सरकारी ऐनमा उल्लेख गरिएको प्रावधान बारे अन्तर्क्रिया कार्यक्रममा सहभागीलाई जानकारी दिए ।
उद्योगी व्यवसायीले सामाजिक सुरक्षा कोषमा उल्लेख गरिएको प्रावधानलाई कार्यान्वयन नगर्दा त्यसबाट हुने दण्ड र जरिवानाका बारेमा भट्टले सर्वसाधारणलाई जानकारी गराएका थिए ।




















