सिसाको गिलासमा
भरि गिलास चिया ..
सेतो रङ्ग को भित्तामा
झ्याम्म हानेर फुटाउदा ...
भित्तामा देखिन आकारको
चित्र हेरेर
एकटक ......
एउटा तस्विर कोर्न मन छ मलाई
हैटटटटटट
कति बैमान छ उ बिचरा!
गयो बरै जीन्दगी भ्रममा....
घाटहरूमा ...
लासहरूले पढन मिल्ने
आगो पानीको स्कूलमा
उसले
आफ्नै बिगतलाई सम्झेर
Sorry....
भनेका आवाज सुन्न मन छ मलाई।
इन्द्र श्री न्यौपाने
विराटनगर




















