विराटनगर । श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह सरकारको ७६औँ शुभजन्मोत्सव तथा श्री ५ स्मृति दिवसको पावन अवसर पारेर एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले विशेष कार्यक्रमको आयोजना गरिएको छ। प्रजातन्त्र दिवसको अवसरसँगै पारेर आयोजित उक्त कार्यक्रममा कोलम राज्य लक्ष्मीको तस्बिरमा माला अर्पण गरि कार्यक्रम उद्घाटन गरिएको थियो। विराटनगर–१ स्थित शीतल धर्मशालामा भएको कार्यक्रममा बल्लप्रसाद दाहालको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल उपस्थित  थिए।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष दिनेश राउत, तथा साइ गुरु, सहभागी रहेको  थियो। अन्य अतिथिहरूमा राजेशकुमार मास्के, शशी मण्डल, कपिल पोखरेल, रामआशिष ईश्वरी गौतम, रञ्जन अधिकारी र मोहन दाहाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय बडामहारानीको योगदानको स्मरण गर्दै राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरणमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।