विराटनगर ।धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवाबाट प्रहरीले २०५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विषेश सूचनाका आधारमा गर्जुवा स्थित जंगलबाट प्रहरीले गाजाँसहित प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका बर्ष ३३ का प्रकाश राई र बर्ष ३४ का अशोक राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । जंगलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइ राखिएको बवस्थामा १० वटा बोरामा जम्मा २ सय ५ किलोग्राम गाँजा बरामद गरीएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जंगलमा लुकाई छिपाई अवस्थामा राखिएको गाँजासहित नियन्त्रणमा लिईएको र पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भइरहेको छ।




















