विराटनगर ।भाेजपुर, नगरपालिका ३ स्थित सेतीबेगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिएका छन् ।
प्रजिअ पौडेलका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको उनले बताएका छन् । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।




















