विराटनगर । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि: को आयोजनामा सहकारी सचेतना शिक्षा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
विराटनगर–१० स्थित एक्वा पार्कमा आयोजित कार्यक्रम विराटनगर–१२ का जनमैत्री सहकारी सदस्यहरू संगको संवाद कार्यक्रममा संस्थाकी अध्यक्ष सीता लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका सदस्यहरूलाई बचत, तथा ऋण एवम वित्तीय अनुशासनसम्बन्धी सचेतना प्रदान गरिएको थियो।
हाल केही सहकारी संस्थाहरू सेवाग्राहीको रकम दुरुपयोग गरी फरार भएको घटनाहरू सार्वजनिक भइरहेका बेला जनमैत्री सहकारीले पारदर्शिता र सदस्य–मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै यस्तो कार्यक्रम आयोजना गरेको संस्थाकि अध्यक्ष लामिछानेले जानकारी दिएकी छन्।उपस्थित सदस्यहरुलाई कार्यक्रममा मनोरन्जन अन्तर्गत (musical chair) खेलमा प्रथम , दितिय,तृतीय हुने सबिता शर्मा , ईन्दिरा काफ्ले, सरिता खनाल(अधिकारी) एवम हन्डिफोड खेल बिजेता निरा धिताललाई हौसला पुरस्कार प्रदान गरिएको थियो।
संस्थाले सदस्यहरूबीच आपसी विश्वास, सहकार्य र आत्मीयता बढाउने उद्देश्यले वनभोज तथा भ्रमण कार्यक्रमहरु समावेश गर्दै आएको छ। सहभागीहरूले संस्थाको पहल सकारात्मक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।




















