विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाल ले पारिवारिक शोकका बीच पनि मतदाताप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका छन्।

निर्वाचन प्रचारप्रसारकै क्रममा बुवाको निधन भएपछि हाल कोरामा रहेका ढकालले भिडियो सन्देशमार्फत मतदातासँग भावनात्मक सम्बन्ध कायम रहेको बताए । उनले आफू शारीरिक रूपमा उपस्थित हुन नसके पनि मन र सोच मतदाताकै साथमा रहेको उल्लेख गर्दै म अहिले तपाईँहरूसँग प्रत्यक्ष भेट्न नसके पनि मेरो मन सधैँ तपाईँहरूसँगै छ। ढकालले सन्देशमा भने अनुकूल समय आएपछि म स्वयं उपस्थित भएर सुझाव र सल्लाह लिनेछु।

ढकालले निर्वाचन अभियानलाई निरन्तरता दिन नेकपा एमाले का कार्यकर्ताहरू घरदैलो अभियानमा सक्रिय रहेको जानकारी  दिए।मोरङ क्षेत्र नम्बर ६ का विभिन्न समस्या आफूले नजिकबाट बुझेको र समाधानका लागि प्रतिबद्ध रहेको बताएका छन्।