हिजो जस्तो लाग्छ तिमीले प्यारी भनेर
मायालु बोलिले बोलाएको
बा आमा देखि डराइ डराइ
सानो स्वरले बोल्दाका अनौठा कहाँनी
अजै पनि भुलेकित कहाँ छुर
तर आज प्रेमका कलिला मुना हरू
छाँसेर मारि दिएयौ तिमीले????
गुलाफको रातो फूल हातमा लिएर
त्यो पारिको ढल्के बर चौतारीमा
तिमीले प्रेम दिवस को चिनो
उपाहार भन्दै दिएका ती राता
फूलहरू अजै ओइलिका
छैनन् ????
तिम्रो अङ्गालोमा बाँदिएर न्यानो
निन्द्रा निदाउँदाका पल हरू
तिमीले हत्केला मुसार्दै चुमेका
यी औँला हरू अझैपनि
तिम्रै यादमा तड्पि रहेका छन् ।
तर आज तिमी म देखि धेरै टाडा
गएकाछौ तिम्रा अतीत का कल्पनामा
अल्झेर भीर पाखा हरूले
तिमीलाई नै खोज्दै तिम्रै गीत गाइरहेका छन्,
हरेक रातका तारा हरूले
मिर्मिराउँदै तिम्रो बाटो
हेरी राखेका छन्,????
जूनेली रातमा चन्द्रमा को प्रकाशले
तिमीलाई नै खोजि राखेका छन् ,
लाग्छ अझैपनि त्यो प्रेम दिवशमा
रातो गुलाफ हातमा बोकेर
तिमी दौडिदै आउने छौ
मेरो प्यारो मान्छे ।
मलाई तिम्रो मायाको चिनो
त्यो रातो गुलाफ ल्याउने छौ
अनि फेरी पनि मायाको
अङ्गालोमा बेर्ने छौ
मेरो प्यारो मान्छे प्रेमको चिनो छौ
दिने छौ ।
त्यसैलेत म तिम्रै बाटो हेरी रहेकिछु
प्रेमको चिनो लिनको लागि
आजपनि पर्खिरहेकिछु,
पर्खिरहेकि छु
त्यही दिन त्यइ रात अनि त्यहि प्रेम दिवस
त्यही प्रेम दिवस ।।❤️
शारदा कार्की
विराटनगर
२०८२ फागुन २ गते????❤️




















