विराटनगर।मोरङ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म रानीको नेतृत्वमा खटिएको संयुक्त टोलीले मोरङ जिल्लाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म रानी, बीओपी दरैया र बीओपी मधुमल्लको संयुक्त टोलीले जहदा भुटाहा–१ नयाँ टोल क्षेत्रबाट परालको टौवामुनि खाल्डो खनेर लुकाइ राखिएको २७५.८ केजी गाँजा फेला पारेको हो।

घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय चन्दन कुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र गस्ती थप कडाइ गरेको पनि प्रहरीले जानकारी दिएको छ।