विराटनगर। चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनाको अवधिमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८१.७१ प्रतिशत राजश्व असुली गरेको छ। कार्यालयले माघ महिनामा सबैभन्दा बढी प्रगति गर्दै लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो।

कार्यालयका अनुसार माघ महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ। भन्सार महशुल, कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, ग्रिन ट्याक्स तथा मूल्य अभिवृद्धि कर शीर्षकमा राजश्व असुली हुँदै आएको छ।

अनलाइन भ्यालुएसन प्रणाली पूर्ण रूपमा लागू भएपछि राजश्व संकलनमा सकारात्मक प्रभाव परेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले

  जनाएको छ।