म दलित हुँ यार दलित हुँ तिमीले बनाई दिएकाे
कहाँ बिर्सन्छु मेराे भाइलाई जिउँदै जलाई दिएकाे
तिमीले भात पकाउने कसाैँडी बनाइन्जेल म ठिकै थिएँ
कसरी बिर्सन्न सक्छु म मेराे आरन भत्काई दिएकाे
याे त्यहि आरन हाे जहाँ म छिनाे बनाउथेँ कराइ बनाउथेँ
नबिर्स तिम्राे खुसीकाे लागि मैले पसिना बगाई दिएकाे
मजस्तै मान्छे सम्झेर मात्रै तिमीलाई प्रेम गरेकाे हुँ सम्झनू
यसरी तिमीलाई सम्झाउन मन लाग्याे र सम्झाई दिएकाे
तिम्राे मुस्कान र आँखा देख्नेहरूले पक्कै भन्नेछन्
वाह ! यार मलाई देखेर क्या मज्जाले लजाई दिएकाे
रामेछाप
विक्रम पवन परियार




















