विराटनगर । प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढिरहेका बेला मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार नेकपा (एमाले) नेता विनोद ढकाललाई पितृशोक परेको छ।

उनका १०१ वर्षीय पिता विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगर–५ स्थित आफ्नै निवासमा निधन भएको हो। घरदैलो अभियानमा रहेका ढकाल खबर पाउनेबित्तिकै कार्यक्रम स्थगित गरी विराटनगर फर्किएका थिए।

ढकालको अनुपस्थितिमा पूर्वमन्त्री लालबाबु पण्डितको नेतृत्वमा चुनावी अभियानलाई निरन्तरता दिइने एमालेले जनाएको छ। चुनावको निर्णायक घडीमा परेको शोकले अभियानमा केही प्रभाव पारे पनि पार्टीले संगठनात्मक रूपमा गतिविधि तीव्र बनाउने तयारी गरेको छ।

मोरङ–६ मा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ।