असल या खराब 

म आफू होइन

अर्थात् कोही पनि होइन

त्यो त ऊभित्रको विवेक हो

गलत र सही 

छुट्ट्याउन सक्ने 

प्रकृतिले मान्छेलाई दिएको

अमूल्य, अद्वितीय 

शक्ति हो

सम्पत्ति हो

चिप्स हो

विवेक हो।


दिमाग या विवेक 

निकाली दिनुहोस् 

मान्छे रोबर्ट जस्तै हो ।


रोबर्टले स्वयं आफैंले

स्वविवेकले

काम गर्दैन 

विज्ञानले / वैज्ञानिकले

जुन चिप्स हालिदिन्छ

त्यही चिप्स अनुसार

उसले काम गर्दै जान्छ ।


मान्छेमा पनि 

प्रकृतिले (तपाईं भगवान भन्नुहुन्छ) 

 विवेकको नामले

चिप्स हालेको हुन्छ

जुन जुन चिप्स छ

त्यो त्यो बुझ्छ

बाँकी शून्री

मठ्ठुराम हुन्छ ।


मान्छे 

मोबाइल 

रेडियो 

घडी 

टेलिभिजन जस्तै हो

वाइफाई छ भने नेट चल्छ

ब्याट्री छ भने रेडियो बज्छ

घडी चल्छ

टेलिभिजनमा 

जुन जुन

च्यानल जोडिन्छ

त्यही आउँछ

नभएको कहाँबाट आओस् !

हो यस्तै हो मान्छे 

नभएको गुण खोजेर

मूर्ख या खराब

भन्नू बेकार छ।


म्याथ नजान्नेलाई

छन्द नजान्नेलाई 

बहर नजान्नेलाई 

अर्थात् 

जति बुझाए पनि 

नबुझ्नेलाई

मूर्ख भन्नू

खराब भन्नू

आफैँ मूर्ख हुनु हो!


रोबर्टभित्र जुन चिप्स छैन

त्यो काम उसले

कुनै शर्तमा

कुनै हालतमा

जति सम्झाए पनि 

जति बुझाए पनि 

जति बटम थिचे पनि

 गर्न सक्दैन 

मान्छे पनि त्यस्तै हो।


कसैकसैलाई 

जति सम्झाए पनि 

जति बुझाए पनि

उसले बुझ्दैन

उसले त्यही गल्ती 

बारम्बार दोहोर्‍याउँछ

हामी गाली गर्छौं 

मूर्ख भन्छौं 

कोकल्याटो भन्छौं 

तर केही लाग्दैन !


त्यतिबेला हामी

सम्झाउनेहरू मूर्ख हौँ

हामीले बुझ्नुपर्छ

 विचरा उसले 

कसरी बुझोस्  

ऊसँग 

त्यो चिप्स नै छैन भने

अर्थात्

विवेक नै छैन

त्यो कुरा नबुझ्ने

रिसाउने 

सम्झाउने

गुरु आफैं 

खराब हो

मूर्ख हो!


बाहिर जाँदा

कोठाको बत्ती र पंखा 

निभाउनू भन्यो ..

उसले निभाउँदैन

सधैं बालेर जान्छ-१


बहर बिना

गजल हुँदैन भन्यो

ऊ बुझ्दैन 

बहर बुझ्ने चिप्स

अर्थात् विवेक छैन

त कसरी बुझोस् 

गजल गजल गजल 

लेखिरहन्छ , विचरा!-२


जान्नेले 

´कस्तो हो 

यत्ति पनि नभुझ्ने`

 भन्दै झर्किन्छौँ!

के गरोस्

 चिप्स अर्थात् विवेक 

नभएपछि 

कुन सेतो कुन कालो!

त्यतिबेला

जान्ने खराब र

नजान्ने असल हुन्छ!


 तपाईं 

सिद्धान्त बाहिरको

एउटा प्रेमिल,छाडा, अश्लील 

 गजल या मुक्तक 

पोस्ट गर्नुहोस् 

हजार लाइक 

कमेन्ट आउँछन् 

सिद्धान्तसहितको 

पोस्ट गर्नुहोस्

लाइक कनेन्ट

 नगन्य आउँछ

 या आउँदैन!


यसको मतलब हो

समाजमा 

धेरै मान्छे खराब छन् 

अर्थात्  मूर्ख छन् 

थोरै मान्छे 

असल छन् 

अर्थात्

विवेकशील छन् -३


लाइक , कमेन्ट गर्नेसँग 

सही र गलत , अर्थात् 

´ह्वाट इज राइट

ह्वाट इज रंग` छुटाउने 

चिप्स अर्थात् विवेक

 दिमागमा

प्रकृतिद्वारा न राखिएको

ब्लाङ्क 

शून्य राखिएको 

विवेक नभएको 

अवस्था हो यो!

उसलाई गाली गरेर

 केही फाइदा छैन

के गरून् ? विचराले

चिप्स नै छैन भने

विवेक नै छैन भने!-४


निष्कर्षमा 

खराब र असल

धेरै प्रकृतिले बनाउँछ

थोरै संगतले

परिवेशले

वातावरणले

शिक्षकले 

समाजले

भूगोलले  बनाउँछ

असल र खराब!

.... देवी पन्थी

२०८२/१९/२०