विराटनगर।पोखरामा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू तारामा पुगिसकेको बताएका छन् ।
बुधबार पोखरामा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले व्यङ्ग्यात्मक रूपमा आफूहरू तारामा पुगेको र तारा सूर्यभन्दा धेरै माथि हुने तर्क गर्दै तारामा हामी पुगिसकियो । सूर्य भन्दा कति हो कति माथि हुन्छ तारा, त्यति माथि पुगिसकियो भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन। तपाईँहरूले आफ्नो चुनाव चिन्ह र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी छ ।
समानुपातिकमा नयाँ दलको राम्रो देखिएपनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने उनको दाबी छ ।
हामी कुनै खालको समीकरण वा तालमेल गर्नेवाला छैनौँ, उनले भने,आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी हुन चाहन्छौँ र मलाई विश्वास छ। उनले भने,
असहज राजनीतिक परिस्थितिकाबिच २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा नै हुन लागेको उल्लेख गर्दै प्रचण्डले यसलाई सामान्य निर्वाचन नभई राष्ट्रको अस्तित्वसँग जोडिएको बताएका छन्।




















