तिमी गयौ,

घर बाँकी रह्यो! 

नाम-थर बाँकी रह्यो! 

न भर बाँकी रह्यो मात्र डर बाँकी रह्यो! 


आवाज गयो,

मौन बाँकी रह्यो! 

केवल, मौन बाँकी रह्यो! 


म बाँचिरहेँ….

तर,

म भित्रको ‘म’

बाँकी रहेन! 


सबै,

शून्य शून्य शून्य…..

मौन मौन मौन………..! 


श्री भवानी नेपाल