काठमाडौंबाट फोलथली, ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस रामेछाप–सिन्धुली सीमास्थित त्रिवेणी नजिक दुर्घटनामा परेर तामाकोसी नदीमा खसेको छ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा अन्दाजी ९–१० जनाको ज्यान गएको आशंका गरिएको छ भने करिब १० जना यात्रुलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ।

घटनास्थलमा स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूको सक्रिय उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।