विराटनगर ।नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ बढेपछि लगानीकर्ता र उपभोक्ताको ध्यान पुनः बहुमूल्य धातुतर्फ केन्द्रित भएको बिजय राठिले बताएका छन्।

आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा पुगेको छ। सोहीअनुसार आज छापावाल सुनको प्रति १० ग्राम मूल्य २ लाख ६१ हजार १ सय ४५ रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार उकालो लागेको छ। आइतबारको तुलनामा तोलामा २ सय ४० रुपैयाँले वृद्धि हुँदै चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय १ रुपैयाँ तोकिएको छ।