वीरगञ्ज । सशस्त्र प्रहरीले छापा मार्ने क्रममा वीरगञ्जको ट्रान्सपोर्ट क्षेत्रमा तनाव उत्पन्न भएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली छापामारीमा गएको थियो।

छापाको क्रममा व्यवसायीहरूले आफ्नो सामानको स्पष्ट बिल देखाए पनि प्रहरीले नियन्त्रणमा लिन खोजेपछि विवाद चर्किएको बताइएको छ। सोही क्रममा व्यवसायीहरू विरोधमा उत्रिँदा कारबाहीमा अवरोध पुगेको र झडपको स्थिति सिर्जना भएको थियो।

घटनापछि क्षेत्रभर सुरक्षा सतर्कता बढाइएको छ भने क्षेत्रीय सुरक्षाकर्मी र स्थानीयबीच केही समय तनावपूर्ण अवस्था देखिएको थियो।

प्रहरी र प्रशासनले स्थिति नियन्त्रणमा राख्न आवश्यक कदम चालेको जनाउँदै हाल अवस्था सामान्य बन्दै गएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ