विराटनगर । बजारमा पछिल्लो समय अघोषित रूपमा ग्यास आपूर्ति बन्द हुँदा आम नागरिक गम्भीर समस्यामा परेका छन्। घर–घरमा खाना पकाउने ग्यास अभाव भइरहेका बेला केही व्यापारीहरूले भने खाद्यान्न तथा उपभोग्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरिरहेका छन्।
ग्यास, चामल, दाल, तेललगायत दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध हुनुपर्ने समयमा नागरिकहरू वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्। ग्यास नपाउँदा धेरै परिवार दाउरा र अन्य असुरक्षित माध्यम प्रयोग गर्न विवश छन्।, जुन आधुनिक समाजका लागि लज्जास्पद अवस्था मानिन्छ।
यस अवसरको फाइदा उठाउँदै केही व्यवसायीहरूले कालोबजारीलाई तीव्रता दिएका छन्। बजारमा सामान लुकाउने, मनपरी मूल्य वृद्धि गर्ने र उपभोक्तलाई दुनेदिने प्रविधि भइरहेको छ।
अनुगमन र कारबाहीको अभावले समस्या झनै चर्किएको नागरिकहरूको गुनासो छ।




















