विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकैदिन निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै कुनै पनि हालतमा दुई पटक निर्वाचन नहुने बताएकी छन्।

प्रधानमन्त्री कार्कीले मौसम अनुकूल रहने, निर्वाचन प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको र समग्र अवस्था सकारात्मक दिशातर्फ गएको बताएकि छन्।

उनका अनुसार सबै नागरिकले निर्भय र ढुक्क भएर मतदान गर्न पाउने वातावरण तयार गरिएको छ। निर्वाचनको नतिजा सार्वजनिक भएपछि नयाँ सरकार गठन हुने र त्यसपछि वर्तमान सरकारले जिम्मेवारी हस्तान्तरण गरेर विदा लिने उनले स्पष्ट पारिन्।

“सबै कुरा राम्रो हुन्छ, नागरिकले कुनै चिन्ता लिनु पर्दैन,” भन्दै प्रधानमन्त्री कार्कीले आम मतदातालाई ढुक्क हुन आग्रह गरिन्।

सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै निकायलाई सक्रिय रूपमा परिचालन गरेको पनि उनले जानकारी गराइन्।