विराटनगर।

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारका क्रममा अछाम पुगेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार अपराह्न १२ः४५ बजे उनको मृत्यु भएको पुष्टि गरेको हो ।

अस्पतालका चिकित्सकका अनुसार सिटौला अछाममा रहँदा एक्कासि बेहोस भई लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । प्रारम्भिक उपचारपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइए पनि ब्रेन ह्यामरेजका कारण उनको ज्यान गएको अस्पतालले जानकारी दिएको  छ ।

नुवाकोट स्थायी घर भएका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत थिए । पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौलाको निधनले चलचित्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको छ ।