विराटनगर।काठमाडौं ,आज श्री स्वस्थानी माताको व्रतको अन्तिम दिन पारेर भक्तजनहरूको सालिनदीमा स्नान गर्ने  भीड लागेको छ। एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापनका अवसरमा बिहानैदेखि भक्तजनहरू सालिनदी नदीमा स्नान गरी पूजा–आराधनामा व्यस्त देखिएका छन्।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमामा विधिवत् रूपमा समापन हुने परम्परा छ। आजको दिन स्नान, व्रतकथा वाचन, दान तथा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

भक्तजनहरूले परम्परागत श्रद्धा र भक्तिभावका साथ स्वस्थानी माताको व्रत समापन गरेका छन्।