हरियो बन
स्थानीयको धन
जोगाउने छैन
कसैको मन
अति नै गर्छन
अतिक्रमण!
शक्तिको दुरुपयोग गर्दै
पैसाको लागि मर्यादा भुल्दै
नैतिकता गुमाएर
क्षणिक रमाएर
आफ्नै सन्तति माथि
गर्दैछ खेलभाड!
हातमा छ डाडु पन्यु
आफ्नै भागमा बढी खन्याउ
खेल खेल्छन् रहस्यको
सोच छैन भबिष्यको
बन माथि गिद्दे नजर
बन बेची कमाउने रहर
पूरा नहुने देखेर
बस्छन् उपभोक्तालाइ सेकेर।
पुर्णबहादुर श्रेष्ठ हिर्दयङ्कृत काठमाडौ
२०८२/१०१७गते




















