विराटनगर ।धनकुटा,तेह्रथुमको हाक्पारा हेमाङ्दिन, शुक्रबारे, सिधुवा हुदै झापाको  दमक जादै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका वडा नं. १ त्रीशुलेमा दुर्घटना भएको छ ।


धनकुटा नगरपालिका वडा नं.१ त्रिशुलेमा वस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा नं.२ वस्ने वर्ष ५३ का रेवान्त कामी, सोही वडा वस्ने वर्ष २३ का रविन लिम्वू, वर्ष २२ का राज लिम्वू, छथरजोरपाटी गाउापालिका वडा नं.५ वस्ने वर्ष २८ का मुना रुचाल, सोही स्थान वस्ने ५ वर्षिया बालक निक्खि रुचाल र धरान उपमहानगरपालिका वडा नं.५ वसने वर्ष ४७ का चन्द्रकला लिम्वू रहेका छन् । यात्रुवाहक वसमा जम्मा १५ जना सवार थिए।